
आइतबार राति धोबीखोलामा खसेको ट्याक्सी यूएन पार्क अगाडि फेला परेको छ।
काठमाडाैँ महानगरपालिका-२९ काे मदन भण्डारी कलेज अगाडिकाे रुद्रमती करिडोरबाट बा २ ज १७९२ नम्बरको ट्याक्सी धोबीखोलामा खसेकाे थियाे।
सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्दार गणबाट खटिएको २ जना गोताखोरसहित ११ जनाकाे टाेलीले साेमबार बिहान थापाथलीस्थित यूएन पार्क अगाडिबाट उद्दार गरेकाे हाे।
ट्याक्सी चालकलाई आइतबार राति नै उद्दार गरेर अस्पताल लगिएकाे थियाे। उनी उपचारपश्चात घर फर्किसकेका छन्।