जोडिनुहोस
  • होमपेज
  • राजेन्द्र महतोले गरे ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टीको घोषणा

राजेन्द्र महतोले गरे ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टीको घोषणा

काठमाडौं । बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा गरेका छन् ।

मंगलबारबाट काठमाडौंमा सुरु राष्ट्रिय मुक्ति क्रान्तिको राष्ट्रिय समिति बैठकमा महतोले सम्पूर्ण उत्पीडनमा परेका नागरिकको अधिकारको लडाइँका लागि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पाटीको जन्म भएको घोषणा गरे । उनले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले देशमा बहुलराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने दाबी गरे । यसले देशको विभिन्न संस्कृतिहरूको रक्षा गर्दै आर्थिक अवस्था सुधार गर्नका लागि पनि आवश्यक योजना तय गर्ने उनले बताए ।

महतोले लोकतन्त्रमा पनि आफ्नो अधिकार र पहिचान पाउन नसकेका कारण सबैलाई समेटेर राष्ट्रिय मुक्ति क्रान्ति बनाउनुपरेको धारणा राखे । अहिले पनि अधिकार प्राप्तिको लडाइँका लागि एक हुन खोज्दा राज्यले एक हुन नदिएको उनको भनाइ थियो ।

तीनदिनसम्म चल्ने बैठकमा आगामी रणनीति तथा पार्टी निर्माण, समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय मुक्ति क्रान्ति लगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका