जोडिनुहोस
  • होमपेज
  • पर्यटन, हवाई र संस्कृति नीति समसामयिक बनाइनेछ : मन्त्री पाण्डे

पर्यटन, हवाई र संस्कृति नीति समसामयिक बनाइनेछ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन नीतिमा समसामयिक परिवर्तन गर्ने बताएका छन् ।

संस्कृति नीति, पर्यटन नीति, र हवाई सम्बन्धी नीतिमा सामयिक परिवर्तन गर्ने कुरालाई जोड दिएर आफूले छलफललाई अघि बढाएको उनको भनाई थियो । मंगलबार नेपाल पर्वतारोहण संघले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी पर्वतारोहण क्षेत्रलाई गतिशील बनाउन पनि आफू लागि परेको जिकिर गरे ।

मन्त्री पाण्डेले आगामी हिउँदे अधिवेशनमा पर्यटन क्षेत्रले कानुनी राज्यलाई स्थापित गराउने गरी कानुन निर्माणको कामलाई अघि बढाउने योजना पनि सुनाए । मन्त्री पाण्डेले उड्डयनको क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक निकाय छुट्टाछुट्टै बनाउने गरी कानुन निर्माणको कामलाई अघि बढाएको पनि बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका