जोडिनुहोस
  • होमपेज
  • चाडपर्वमा नियमित उडानका लागि कार्ययोजना बनाउँदै वायु सेवा निगम

चाडपर्वमा नियमित उडानका लागि कार्ययोजना बनाउँदै वायु सेवा निगम

काठमाडौं । नेपाल वायु सेवा निगमले चाडपर्वमा नियमित जहाज उडानको लागि ६० दिने कार्ययोजना बनाउने भएको छ । दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ६० दिने कार्ययोजना बनाएर सेवा दिने तयारी गरेको हो ।

चाडपर्वमा कसरी नियमित सेवा गर्न सकिन्छ भनेर २४ घण्टामा स्पष्ट कार्ययोजना बनाउन समेत निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निर्देशन दिएका छन् ।

अधिकारीले निगमका नायब महाप्रबन्धक, इन्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका प्रमुखलाई मंगलबार विशेष निर्देशन दिएका हुन् । यसैगरी अत्यावश्यक र अत्यन्त जरुरीबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा नजान र मातहत कर्मचारीहरूलाई समेत नपठाउन प्रष्ट निर्देशन दिए । चाडपर्वमा सेवा सञ्चालनमा अवरोध हुने गरी बिदा नदिन समेत अधिकारीले निर्देशन दिएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका