जोडिनुहोस
  • होमपेज
  • प्रदेश संरचनालाई हटाउन सकिँदैन, समानुपातिक प्रणाली पनि चाहिन्छ : देउवा

प्रदेश संरचनालाई हटाउन सकिँदैन, समानुपातिक प्रणाली पनि चाहिन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमार्फत प्रदेश संरचनालाई हटाउन नसकिने बताएका छन् । प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका बेला प्रमुख सत्ता साझेदार दलका सभापतिले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नरहेको बताएका हुन् । प्रदेश संरचनालाई अझ बढी उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार भने गर्नुपर्ने उनको भनाइ छ ।

संविधान दिवसको सन्दर्भमा मंगलबारकांग्रेसको कानुन विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले समानुपातिक प्रणालीका विषयमा प्रश्न उठे पनि समावेशिताकोखिलापमा जनमत नरहेको बताए । “ओलीजी प्रधानमन्त्री हुँदाखेरि उहाँले संविधान संशोधन गर्न सक्ने कुरा भन्नुभएको छ । त्यो फेरि प्रजातन्त्रको खिलापमा होइन । प्रजातन्त्रलाई अझ मजबुत बनाउने किसिमको संविधानमा सुधार हुने संशोधन हुने कुरा हुन सक्दछ । त्यसैअनुसार ठान्नु पर्दछ,” उनले भने ।

देउवाले कतिपय समुदाय आफैँ चुनाव जित्न नसक्ने अवस्थामा रहेकाले समावेशी राजनीति आवश्यक रहेको बताए । “आदिवासी, जनजाति, महिला, दलित सबैलाई यो शासन प्रणालीमा समावेशी गराउन आवश्यक छ । त्यसकारण समावेशी सिद्धान्त जरुरी पनि छ । अहिले भारतमा पनि समावेशी सिद्धान्त त्यो अम्बेडकर भन्ने एउटा महान विद्वानले बनाएको संविधान हो । त्यसमा समावेशिता अहिले पनि छ त्यहाँ । त्यसैकारण समावेशी हाम्रा लागि अझ बढ्ता आवश्यकता छ । त्यसकारण समावेशिता आवश्यक छ,” उनले भने ।

देउवाले कांग्रेस–एमालेले भन्दै आएको संविधान संशोधन प्रजातन्त्रलाई मजबुत बनाउनका लागि हुने पनि जिकिर गरे । उनले कांग्रेस–एमाले प्रजातन्त्रको पक्षमा लडेका पार्टीहरू भएकाले कुनै शंका नगर्न आग्रह गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका