जोडिनुहोस
  • होमपेज
  • सहकारीको रकम दुरुपयोग सम्बन्धमा प्रतिवेदनको आधारमा कारबाही अगाडि बढ्छ : उपप्रधानमन्त्री सिंह

सहकारीको रकम दुरुपयोग सम्बन्धमा प्रतिवेदनको आधारमा कारबाही अगाडि बढ्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारीको बचत रकम दुरुपयोग गर्नेमाथि समितिको प्रतिवेदनको आधार कारबाही अघि बढाइने बताएका छन् । बुधबार गणेशमान सिंहको २७औँ पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेस गरिसकेको बताउँदै उक्त प्रतिवेदन सभामुख देवराज घिमिरेले सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको पनि बताए ।

उनले भने, ‘अब सोही प्रतिवेदनलाई आधार बनाएर सरकारले कारबाही सुरु गर्ने गर्छ ।’ समितिले दिएको प्रतिवेदनको अध्ययन गरी मन्त्रिपरिषदमा छलफल गरेर कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका