जोडिनुहोस
  • होमपेज
  • बढ्दै वैदेशिक लगानी प्रतिबद्धता, १७३ वटा परियोजनाका लागि साढे १३ अर्बको कमिटमेन्ट

बढ्दै वैदेशिक लगानी प्रतिबद्धता, १७३ वटा परियोजनाका लागि साढे १३ अर्बको कमिटमेन्ट

काठमाडौँ । चालु आ.व.को दुई महिना (श्रावण र र भाद्र) मा भने १७३ वटा परियोजनका लागि १३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । दुई महिनामा १२ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको हो ।

त्यसो त एक महिनामै ६६ वटा परियोजनाका लागि ४ अर्ब बढीको वैदेशिक लगानी प्रवद्धता आएको र उद्योग विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को भदौ महिनासम्मको तथ्याङ्कले देखाएको छ ।

भदौ महिनामा सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) क्षेत्रसहित ४ अर्ब ११ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । एसपिए तथा एसएसएका लागि ७ वटा परियोजना मार्फत २८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

भदौ महिनामा आएको लगानी प्रतिबद्धता आएका उद्योगहरू संचालनमा आउँदा १६२ जनाले प्रत्यक्ष रोजगार पाउने विभागले उल्लेख गरेको छ । भदौमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका