जोडिनुहोस
  • होमपेज
  • सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछौं : महामन्त्री थापा

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछौं : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको न्यूनतम साझा कार्यक्रम बुधबार (आज) साँझ सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिएका छन् । उनले बुधबार काठमाडौंको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै यस्तो बताएका हुन् ।

उनले आागमी संसदको सुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको पनि बताए ।

उनले सरकारको न्यूनतम साझा कार्यक्रममा पनि शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रस्ताव अघि बढाइएको बताए । उनले शिक्षा ऐन दसैँ तिहार लगत्तै सुरु हुने संसदको हिउँदे अधिवेशनको सुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको बताए ।

‘आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ । त्यो कार्यक्रम बनाइरहेका छौँ । त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दैछौँ । लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहीँ लेख्ने तर संसदभित्रको काम हो । सरकारले चाहेर मात्रै हुँदैन । संसदले सँगै काम गर्नुपर्छ ।,’ महामन्त्री थापाले भने, ‘संसदको छाँटकाँट हेर्दै गर्दा अर्को दुई अढाइ वर्ष पारित नहुने अवस्था देखियो । त्यही भएर संसदको समितिमा यो विषयमा आफ्ना धारणा राख्दा त्यहाँको सभापतिजीलाई विशेष अनुरोध गरेको कुरा मैले टिममा शेयर गरेको थिएँ ।’

महामन्त्री थापाले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) लगायत समितिमा सहभागी राजनीतिक दलहरुले दलगत हिसावमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको बताए । उनले उक्त समितिलाई दुई महिनाको समय दिएर समस्या सुझाउने प्रयास गर्न र सहमति जुटाउनसके छिट्टै शिक्षा विधेयक पारित हुने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका