जोडिनुहोस
  • होमपेज
  • राजनीतिक अपराधिकरण बढ्न थाल्यो : मन्त्री गुरुङ

राजनीतिक अपराधिकरण बढ्न थाल्यो : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका छन् ।

संविधान दिवसको उपलक्ष्यमा आयोजित सांस्कृतिक पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले, राजनीति आफैँमा फोहोरी खेल नभएको तर राजनीतिलाई गलत रूपमा प्रयोग गर्ने गरिएको बताए । उनले राजनीतिमा आपराधिक क्रियाकलापको अन्त्य हुनुपर्नेका जोड दिए । उनले भने,‘राजनीति चाहिँ अहिले फोहोरी हुँदै गएको छ । पहिला पनि राजनीति भनेको चाहिँ फोहोर खेल हो भनेर शिक्षकहरूले विद्यार्थीहरूलाई सिकाइरहेको पाइन्थ्यो । त्यो गलत कुरा थियो । राजनीति फोहोरी खेल होइन । तर राजनीतिमा जुन किसिमको आपराधिक क्रियाकलाप र अपराध राजनीतिकरण भइरहेको छ त्यो अन्त्य हुनुपर्छ ।’ उनले संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको र संशोधनका गुञ्जायस खोज्नुपर्ने धारणा राखे । अहिलेसम्म धेरै पटक संशोधन गरेकैले संविधानहरू जीवित रहेको बताउँदै समयअनुकुल परावर्तन गरेमात्र संविधानलाई जीवित राख्न सकिने बताए । धेरै पटक संशोधन गरेको संविधानहरू नै जीवित रहेको उनको भनाइ छ ।

उनले भने,‘संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको गुञ्जायस खोजिराख्नुपर्छ । संशोधनको गुञ्जायस खोजिराख्नुपर्छ । धेरै पटक संशोधन गरेको संविधानहरू नै जीवित छन् अहिलेसम्म । ०४६ सालमा बनेको संविधान ७२ सालमा किन भत्कियो भन्दा समयअनुकुल परावर्तन गर्दा नै हो ।’

उनले आज देशका समस्या कहाँ छ भनेर पहिचान गर्न आवश्यक रहेको भएतापनि समस्याको पहिचानमा नै अन्यौलता रहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका