
सहकारी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका सञ्चालक रहेका पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधानका एक जना उच्च अधिकृतले जानकारी दिए । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका जोशीलाई प्रहरीले पोखरा लैजाने तयारी गरेको छ । ।