जोडिनुहोस
  • होमपेज
  • चिनियाँको जुवा अखडामा प्रहरीको छापा, दुई नेपालीसहित ७ जना पक्राउ

चिनियाँको जुवा अखडामा प्रहरीको छापा, दुई नेपालीसहित ७ जना पक्राउ

काठमाडौं । चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध जुवा घरमा प्रहरीले छापा मारेर ७ जनालाई नियन्त्रणमा लिएको छ ।

बौद्ध तीनचुलीस्थित पुष्पा लामाको घर भाडामा लिएर दोस्रो तलामा ‘गेम जोन’ भन्दै जुवा खेलाएको पाइएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार चिनियाँ, १ भारतीय र दुई नेपालीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चिनियाँ नागरिकहरु २४ वर्षीय सोनाम तामाङ, ३० वर्षीय नोर्बु साम्देन, २७ वर्षीय दासाङ र ४५ वर्षीय विई चुनलिन रहेका छन् । भारतीय नागरिकमा जाम्पा खेदुप र नेपालीहरु काठमाडौं–६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका–४ घर भएका ३५ वर्षीय लोप्साङ लामा रहेका छन ।

यो समूहले घर भाडामा लिएर ‘फिस सुट गेम’को नाममा हारजित हुने गरी जुवा खेलाएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । उनीहरुलाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुबाट जुवा खेलाउन प्रयोग गरिएको उपकरण १ थान, १२ लाख १ हजार नगद, ३ हजार १ सय चाइनिज युयान, २ हजार अमेरिकन डलर र ७ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका