
काठमाडौँ । नेपाल र सर्बियाबीच कूटनीतिक र आधिकारिक राहदानी धारकहरूका लागि भिसा छूटसम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा र सर्बियाका विदेशमन्त्री मार्को जुरिकबीच एमओयूमा हस्ताक्षर भएको हो ।
हस्ताक्षरपछि परराष्ट्रमन्त्री राणाले दुवै देशबीच निरन्तर संलग्नताको सहकार्यको अपेक्षा राख्दै एमओयूका लागि सर्बियालाई धन्यवाद दिएकी छन् ।