जोडिनुहोस
  • होमपेज
  • न्यायपरिषदमा भित्र बैठक, बाहिर प्रदर्शन

न्यायपरिषदमा भित्र बैठक, बाहिर प्रदर्शन

काठमाडौं । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिस गर्न अहिले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा न्यायपरिषद् बैठक जारी छ । सचिवालयभित्र परिषद् बैठक बसिरहँदा बाहिर भने प्रवेशद्वार अगाडि नेपाल बार एशोसिएसनले झरीकै बीच पनि धर्ना र विरोध प्रदर्शन गरिरहेको छ ।

बार अध्यक्ष गोपाल कृष्ण घिमिरेको नेतृत्वमा विरोध प्रदर्शन भइरहेको हो । न्यायपरिषद्को संशोधित नियमावली खारेज गर्नुपर्ने, घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न नमिल्ने भन्दै बारले प्रदर्शन गरेको हो ।

असोज २० गते प्रधानन्यायाधीश श्रेष्ठ सेवानिवृत हुँदैछन् । अवकाशमा जाने बेलामा न्यायाधीश सिफारिस गरिछाड्ने प्रधानन्यायाधीश श्रेष्ठको अडान सम्बन्धमा नेपाल बार अध्यक्ष घिमिरेले गम्भीर प्रश्न उठाएका छन् ।

न्यायाधीश सिफारिसका लागि प्रधानन्यायाधीशले अतिरिक्त जोडबल गर्नुका पछाडि उनको कुनै स्वार्थ लुकेको हुन सक्ने घिमिरेको आरोप छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका