बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढी/पहिरोमा परी देशभरमा ११ जनाको मृत्यु भएको छ । शनिबार बिहान १०:३० बजेसम्मको तथ्यांकअनुसार ११ जनाको मृत्यु तथा १० जना बेपत्ता भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
काभ्रेमा ३, पाँचथर र धनकुटामा २/२, तथा झापा, काठमाडौं, ललितपुर र धादिङमा १/१ जनाको मृत्यु भएको थापाले जानकारी दिए ।उनका अनुसार ललितपुरमा ६, धनकुटामा २ तथा काठमाडौं र धादिङमा १/१ जना बेपत्ता भएका छन् ।बाढी पहिरोले १६२ घरमा क्षति पुगेको छ भने ७६० जनाको सकुशल उद्धार गरिएको छ ।
बाढीपहिरो पीडितको उद्धारमा १६३० सशस्त्र प्रहरी परिचालन भएका छन् । काठमाडौं उपत्यकाका ३ जिल्लामा १३ बोटसहित उद्धार टोली परिचालन भएको थापाले जानकारी दिए ।