जोडिनुहोस
  • होमपेज
  • गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

गोरखा । गोरखा–आँबुखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकखण्डको गोरखा नगरपालिका–१२ स्थित सातकिलो ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी सहायक निरीक्षक वसन्त पौडेलले जानकारी दिए ।

“पहिरोले सडक दुईतर्फी अवरुद्ध भएको छ,” उनले भने, “अवरुद्ध सडक खुलाउन सडक विभाग तनहुँबाट आएको एक्साभेटर र डोजरले पहिरो पन्छ्याउन सुरु गरिएको छ ।’’

तत्कालका लागि दुई तर्फी नै सडक खुलाउन सक्ने अवस्था नरहे पनि एकतर्फी खुलाउने प्रयास गरिएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । पहिरोले सडक अवरुद्ध भएपछि आँबुखैरेनी हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने र गोरखा सदरमुकामबाट बाहिरिने सबै सवारीसाधन बीचमै रोकिएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका