जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा शक्तिशाली आँधीबाट ४३ को मृत्यु, लाखौं मानिस विद्युतबाट वञ्चित

अमेरिकामा शक्तिशाली आँधीबाट ४३ को मृत्यु, लाखौं मानिस विद्युतबाट वञ्चित

एजेन्सी । अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा हेलेन नामको आँधीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ । लाखौं मानिसहरु विद्युत सेवाबाट वञ्चित बनेका छन् ।

सरकारी अधिकारीहरुका अनुसार बाढीको पानीमा फसेका मानिसहरुलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । यसमध्ये टेनेसी अस्पतालको छतमा फसेका ५० जना कर्मचारीहरुलाई पनि उद्धार गरिएको थियो ।

बिहीबार राति फ्लोरिडाको तटमा ठोक्किएर उत्तरतर्फ जर्जिया र क्यारोलिनातर्फ अगाडि बढेको यसलाई अहिलेसम्मकै शक्तिशाली आँधी मानिएको छ । आँधीका कारण भएका भौतिक क्षतिको मूल्यांकन गर्दा अर्बौं डलर बराबरको नोक्सान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसैबीच आँधी मापन सम्बन्धी सरकारी निकायले यो आँधीलाई अमेरिकामा मापन सुरु गर्न थालेदेखिकै १४ औं शक्तिशाली आँधी भनेको छ ।

तीब्र हावाहुरीका साथै अमेरिकाका कतिपय स्थानमा भारी वर्षा पनि भएको छ । विशेषगरी फ्लोरिडा,जर्जिया, टेनेसी र क्यारोलिना क्षेत्रमा बढी आँधी र वर्षाको असर देखिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका