जोडिनुहोस
  • होमपेज
  • एन्फाको हेटौंडा एकेडेमीबाट बेपत्ता ६ मध्ये ३ प्रशिक्षार्थीको शव फेला

एन्फाको हेटौंडा एकेडेमीबाट बेपत्ता ६ मध्ये ३ प्रशिक्षार्थीको शव फेला

अखिल नेपाल फुटबल संघ (एन्फा) को हेटौंडास्थित एकेडेमीबाट बेपत्ता भएका ६ मध्ये ३ प्रशिक्षार्थीको शव भेटिएको छ । इन्द्रसरोवर गाउँपालिका-३ स्थित वत्सलादेवी माध्यामिक विद्यालयमा अध्ययन र प्रशिक्षणरत ६ जनालाई शनिबार बिहान आएको बाढीले बगाएर बेपत्ता पारेको थियो ।

कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएपछि बाँधको ढोका खोज्दा सिस्नेरी खोलामा जलसतह बढेको थियो । खोलाको सतह बढेपछि सुरक्षित स्थानमा जाने क्रममा उनीहरू पहिरोमा पुरिएको हुनसक्ने आशंका गरिएको थियो । सो विद्यालयमा एन्फाले ४० प्रशिक्षार्थी विद्यार्थी राखेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका