जोडिनुहोस
  • होमपेज
  • स्पेनमा डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु, ४८ बेपत्ता

स्पेनमा डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु, ४८ बेपत्ता

एजेन्सी– स्पेनको क्यानरी टापुमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु हुनुका साथै ४८ जना बेपत्ता भएको राष्ट्रिय समुद्री उद्धार सेवाले शनिबार जनाएको छ ।

उद्धारकर्ताहरूले डुङ्गामा सवार ८४ जना मध्ये २७ जनालाई उद्धार गर्न सफल भएको जनाएका छन् । यो सेप्टेम्बरको सुरुमा आप्रवासीहरू बोकी युरोपका लागि प्रस्थान गरेको डुङ्गा सेनेगलमा दुर्घटनामा पर्दा ३९ जना आप्रवासीहरूको मृत्यु भएको थियो ।

पछिल्लो समयमा हजारौं आप्रवासीहरू ज्यान जोखिममा पारी भीडभाडका बीचमा पुराना डुङ्गाहरूमा चढी युरोपका लागि यात्रा गर्ने क्रम बढेको जनाइएको छ । अगस्टको अन्त्यमा, स्पेनका प्रधानमन्त्रीले मौरिटानिया र गाम्बियाको भ्रमण गरी कानुनी आप्रवासनका लागि मार्गहरू विस्तार गर्दै मानव तस्करहरू विरुद्ध कारबाही गर्न सहयोग सम्झौताहरूमा हस्ताक्षर गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सी ‘इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन’ ले सन् २०१४ देखि यो क्षेत्रमा दुर्घटनामा परी चार हजार ८५७ जनाको मृत्यु भएको अनुमान गरेको छ । आप्रवासीहरूलाई सहयोग गर्ने स्पेनिस गैरसरकारी संस्था ‘क्यामिनान्डो फ्रन्टेरास’ का अनुसार युरोप जाने क्रममा दुर्घटनामा परी हाल सम्म १८ हजार ६८० जनाको मृत्यु भई सकेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका