अन्तर्राष्ट्रिय
हिजबुल्लाहलाई समाप्त नपारेसम्म लेबनानमा आक्रमण नरोक्ने इजरायलका प्रधानमन्त्री नेतान्याहुको भनाइ
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहलाई समाप्त नपारेसम्म लेबनानमा आक्रमण नरोक्ने चेतावनी दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै नेतान्याहुले लेबनानमा आक्रमण नरोक्ने र युद्धविराम पनि नहुने स्पष्ट पार्नुभएको हो ।
इजरायलले अहिले क्रुर शत्रुहरुको सामना गरिरहेको र देशलाई उनीहरुबाट बचाउन आक्रमण गर्नुपरेको नेतान्याहुको जिकिर छ । हिजबुल्लाह लगायत वरपरका आतङ्ककारी सङ्गठन र केही देशले इजरायलीलाई मात्र नभई इजरायलको सभ्यता नै नष्ट गर्न खोजेको आरोप लगाउँदै उहाँले उनीहरुलाई समाप्त पार्ने उदेश्य पूरा नभएसम्म युद्ध नरोक्ने बताउनुभएको हो ।
सम्बोधनको आधा समय इरानलाई गाली गर्न खर्च गर्नुभएका नेतान्याहुले यदि इरानले इजरायलको विनाश चाहन्छ भने इरानको विनाशलाई पनि कसैले रोक्न नसक्ने चेतावनी दिनुभयो । इरानमा आक्रमण गर्नु इराजयलको लागि कुनै ठूलो कुरा नभएको भन्दै उहाँले अहिलेसम्मको धैर्यतालाई कमजोर नठान्न चेतावनी दिनुभयो ।
इजरायलले गएको हप्तादेखि लेबनानमा आक्रमण तीव्र बनाउँदा एकै हप्तामा ६ सय जना भन्दा धेरैको ज्यान गएको छ । अहिले पनि लेबनानको राजधानी बेरुतमा ठूला आक्रमण भइरहेका छन्