जोडिनुहोस
  • होमपेज
  • उद्धार र राहतबारे जानकारी दिन गृहमन्त्रालयको पत्रकार सम्मेलन

उद्धार र राहतबारे जानकारी दिन गृहमन्त्रालयको पत्रकार सम्मेलन

अविरल वर्षाका कारण मुलुकभर क्षति र उद्धारको जानकारी दिन गृहमन्त्रालयले पत्रकार सम्मेलन गर्ने भएको छ ।

आज साँझ ६ बजे मन्त्रालयले बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति, अविरल वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति, खोज तथा उद्धार र राहतका विषयमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले दिए ।

सरकारले वर्षापछिको क्षतिपछि उद्धार, राहत र घाइतेको उपचारमा जुट्ने निर्णय गरिसकेको छ । सरकारले घाइतेको नि:शुल्क उपचार गर्ने पनि जनाएको छ । शुक्रबार बिहानैदेखिको वर्षाले आइतबार देशभर मानवीय र भौतिक क्षति पुर्‍याएको छ । देशभर ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । दर्जनौं घाइते भएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका