जोडिनुहोस
  • होमपेज
  • रास्वपाले राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने

रास्वपाले राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको पहिलो महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको सांसद गणेश पराजुलीको भनाइ छ ।रास्वपाले यसअगाडि राष्ट्रिय भेला गरेर पार्टीको पहिलो महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरेको छ ।

सोही मितिमा महाधिवेशन गर्ने गरी पार्टीले आज स्थान तोकेको हो । चितवन २ पार्टी सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो । सोही आसपासमा महाधिवेशन गर्ने रास्वपाको तयारी छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका