जोडिनुहोस
  • होमपेज
  • बिपी राजमार्गमा अलपत्र परेका करिब १५ सय यात्रुको उद्धार

बिपी राजमार्गमा अलपत्र परेका करिब १५ सय यात्रुको उद्धार

काठमाडौँ – बाढीपहिरोका कारण बिपी राजमार्गमा अलपत्र परेका करिब १ हजार ५०० यात्रुको उद्धार गरिएको छ।

बिपी राजमार्गअन्तर्ग काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ र ११ स्थित भ्याकुरे खोलामा अलपत्र परेका यात्रुहरुलाई सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा उद्धार गरेको नेपाली सेनाले जानकारी दिएको छ।

नेपाली सेनाका अनुसार काठमाडौँतर्फ आउने करिब १२ सय र सिन्धुलीतर्फ जाने करिब ३०० यात्रुलाई उद्धार गरिएको हो।

त्यसैगरी सिन्धुलीको सुनकोशी गाउँपालिका– ७ कानढुङ्ग्रीमा अवरुद्ध भएको बिपी राजमार्गको पहिरो हटाएर भासिएको सडकनजिकै वैकल्पिक बाटो निर्माण गरिएको सेनाले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका