जोडिनुहोस
  • होमपेज
  • भारतविरुद्ध बङ्गलादेश २३३ रनमा अलआउट

भारतविरुद्ध बङ्गलादेश २३३ रनमा अलआउट

काठमाडौं– भारतविरुद्धको दोस्रो टेस्टमा बङ्गलादेशले पहिलो इनिंगमा २३३ रन बनाएको छ । वर्षाले प्रभावित बनेको यस टेस्टको चौथो दिन आज बङ्गलादेशले २३३ रन बनाएर अलआउट भएको हो ।

बङ्गलादेशका लागि मोनिमुल हकले १०७ रनको शतकीय पारी खेलेका थिए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । त्यस्तै भारतका बलर जसप्रित बुमराहले ३ विकेट लिए भने मोहमद सिराज, आकाश दीप र आर आश्विनले २-२ विकेट लिए । त्यस्तै रवीन्द्र जडेजाले एक विकेट लिए ।

जडेजाले एक विकेट लिएसँगै टेस्ट क्रिकेटमा आफ्नो ३०० विकेट पुरा गरेका छन् । उनले ७४ टेस्ट खेल्दै ३०० विकेट लिएका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका