जोडिनुहोस
  • होमपेज
  • चितवनमा साढे दुई महिनामा दुई सय २९ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवनमा साढे दुई महिनामा दुई सय २९ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवनमा साढे दुई महिनामा दुई सय २९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये खैरहनी नगरपालिका–२ मा एक जना महिलाको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले चितवनका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका एक हजार आठ सय १५ जना बिरामीको परीक्षणका क्रममा दुई सय ५९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जानकारी दिनुभयो । सङ्क्रमितमध्ये एक सय ३० जना चितवनमा रहेका छन् भने एक सय २९ जना जिल्लाबाहिरका रहेका उहाँले बताउनुभयो ।

यो रोग मुसा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । यसबाट सङ्क्रमण भएमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुने, टाउ, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका