जोडिनुहोस
  • होमपेज
  • राजेन्द्र महतोले तोके जिल्ला संयोजक

राजेन्द्र महतोले तोके जिल्ला संयोजक

काठमाडौँ । राजेन्द्र महतोले ७७ वटै जिल्लमा जिल्ला संयोजक चयन गरेका छन् ।

राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष महतोको अध्यक्षतामा मंगलबार केन्द्रीय नेताहरूको बैठकले जिल्ला संयोजक तोकेको पार्टी नेता केशव झाले बताए ।

हालै पार्टी घोषणा गरेका अध्यक्ष महतोले पार्टी दर्ताको प्रक्रिया पनि अगाडि बढाएका छन् । दल घोषणा गरेको जानकारी निर्वाचन आयोगलाई गराई सकेको छ । सबै कानुनी प्रक्रिया पुरा गरेर चाँडै नै पार्टी दर्ता गराउने नेता झाले बताए ।

दर्ताको प्रक्रिया अगाडि बढेसँगै संगठन निर्माणका अन्य कार्यहरू पनि अगाडि बढ्ने उनले बताए । साथै बैठकले ७७ वटै जिल्ला संयोजकलगायत पार्टीका सबै नेता कार्यकर्ताहरूलाई बाढी पहिरोबाट पीडित भएका जनतालाई सहयोग गर्न आग्रह समेत गरेको छ ।

नमुना

प्रचलन खबर

धेरै टिप्पणी गरिएका