जोडिनुहोस
  • होमपेज
  • बाढीबाट भएको क्षतिका कारण किस्ट अस्पतालको सेवा ठप्प

बाढीबाट भएको क्षतिका कारण किस्ट अस्पतालको सेवा ठप्प

काठमाडौं– पछिल्लो भारी वर्षा र बाढीका कारण अस्पतालका उपकरणहरूमा क्षति भएको भन्दै किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले शनिबारसम्म स्वास्थ्य सेवा उपलब्ध नगराउने जनाएको छ ।

अस्पतालले आज एक सूचना जारी गर्दै पछिल्लो वर्षाका कारण विद्युत सप्लाइ र उपकरणमा क्षति पुगेको भन्दै आगामी शनिबारसम्म आकस्मिक लगायतका सेवा उपलब्ध गराउन नसक्ने जनाएको हो । अस्पतालले सम्पूर्ण सेवा सुचारु गर्नको लागि प्रयत्न गरिरहेको समेत जनाएको छ । पछिल्लो वर्षाको क्रममा किस्ट मेडिकल तथा शिक्षण अस्पतालमा बाढी पसेर समस्या सिर्जना गरेको थियो । जसले गर्दा कतिपय वार्डका बिरामीलाई नै अस्पतालले सार्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका