जोडिनुहोस
  • होमपेज
  • नाबालिगलाई यातना दिएको आरोपमा पाकिस्तानमा प्रहरी अधिकारी पक्राउ

नाबालिगलाई यातना दिएको आरोपमा पाकिस्तानमा प्रहरी अधिकारी पक्राउ

काठमाडौं– पाकिस्तानमा नाबालिगलाई दुर्व्यवहार गरेको आरोपमा एक जना प्रहरी अधिकारी पक्राउ परेका छन् । दुई जना नाबालिगलाई गैर कानुनी रुपमा पक्राउ गरी शारीरिक यातना दिएको आरोपमा इस्लामावादका प्रहरी उपरीक्षकलाई पक्राउ गरिएको हो ।

उनले शहरमा भिख मागिरहेको अवस्थामा १० र १२ वर्षका दुई नाबालिगलाई नियन्त्रणमा लिएका थिए । दुई दिनसम्म नियन्त्रणमा लिएर यातना दिएपछि उनले उनीहरूलाई यही क्षेत्रमा लगेर छाडेका थिए ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पछि ती नाबालिगका आफन्तहरूले प्रहरी महानिरीक्षकको कार्यालयमा घटनाबारे उजुरी दिएका थिए । पछि प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा ती नाबालिगलाई यातना दिइएको खुलेको थियो । यससँगै प्रहरी अधिकारीलाई पक्राउ गरिएको डनले जनाएको छ ।

अब उनलाई प्रहरी सेवाबाट बर्खास्त गर्ने प्रक्रिया थालिएको जनाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका