जोडिनुहोस
  • होमपेज
  • टी–२० सिरिज : आज नेपालले ओमानसँग खेल्दै

टी–२० सिरिज : आज नेपालले ओमानसँग खेल्दै

काठमाडौं– त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ । खेल क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो । नेपालको यस सिरिजमा यो अन्तिम खेल हो । नेपाल र ओमानबीच अहिलेसम्म सात टी–२० खेल भएका छन् । जसमा नेपालले ४ र ओमानले ३ खेल जितेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका