जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पाैडेलले बाढीपहिरो पीडितका लागि एक महिनाकाे तलब सुविधा उपलब्ध गराउने

राष्ट्रपति पाैडेलले बाढीपहिरो पीडितका लागि एक महिनाकाे तलब सुविधा उपलब्ध गराउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले बाढीपहिरो पीडितलाई राहतका लागि स्थापना भएको दैवी प्रकोप राहत काेषमा एक महिनाकाे तलब सुविधा उपलब्ध गराएका छन् ।

यसैगरी, उनका विज्ञ सल्लाहकारहरूले एक हप्ताको तलब सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ अनुसार राष्ट्रपतिको मासिक पारिश्रमिक एक लाख ५० हजार ४५० रुपैयाँ हुन्छ । असोज १० देखि १२ गतेसम्म आएको अविरल वर्षापछि निम्तिएको विपद्ले ठूलो जनधनको क्षति भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका