जोडिनुहोस
  • होमपेज
  • संयुक्त राष्ट्रसङ्घका महासचिवलाई देश प्रवेशमा रोक लगाउने इजरायलको घोषणा

संयुक्त राष्ट्रसङ्घका महासचिवलाई देश प्रवेशमा रोक लगाउने इजरायलको घोषणा

इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । इजरायली विदेशमन्त्री इसराइल काट्जले ट्वीट गरेर गुटरेसलाई देश प्रवेशमा रोक लगाइएको बताउनुभएको बीबीसीले जनाएको छ । इजरायलमाथि इरानको जघन्य आक्रमणको स्पष्ट निन्दा गर्न नसक्ने जो कोहीलाई इजरायली भूमिमा पाइला टेक्ने अधिकार नभएको इजरायलका विदेशमन्त्री काट्जले बताउनुभएको छ । गएको वर्षको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा १२ सय जनाभन्दा धेरैको हत्या गरेको घटनामा पनि संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसले हमासलाई आतङ्कवादी सङ्गठन घोषणा गर्ने कुनै प्रयास नगरेको भन्दै इजरायलले आपत्ति जनाएको छ ।इजरायलले एन्टोनियो गुटरेसको सहयोगविना पनि आफ्ना नागरिकको रक्षा गर्न र राष्ट्रिय सम्मानको रक्षा गर्न सक्ने जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका