जोडिनुहोस
  • होमपेज
  • मलेसियामा बसेर युवतीको चरित्रहत्या, विमानस्थलमा उत्रिनेबित्तिकै पक्राउ

मलेसियामा बसेर युवतीको चरित्रहत्या, विमानस्थलमा उत्रिनेबित्तिकै पक्राउ

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको छ । फरार प्रतिवादीका रुपमा रहेका सुर्खेत गुर्भाकोट नगरपालिका-५ निवासी २९ वर्षीय खगेन्द्र यरीलाई बुधबार प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । सामाजिक सञ्जालमा साथी बनेर कुराकानीका क्रममा म्यासेञ्जरमार्फत साटासाट गरिएका गोप्य तस्बिर अरुलाई दिएको आरोप उनीमाथि छ ।

ती युवकले सामाजिक सञ्जालमा फेक आइडी बनाएर आफन्त तथा साथीलाई ती गोप्य तस्बिर पठाई चरित्रहत्या गरेको आरोपसहितको उजुरीले पीडितले दिएकी थिइन् । उनको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरसँगको समन्वयमा उनलाई वैदेशिक रोजगारीबाट नेपाल फर्किने क्रममा पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहँदा खगेन्द्रले महिलाको चरित्र हत्या गरेको खुल्न आएको छ । उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा २०७९ वैशाख २३ गते साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यहीकारण उनलाई फरार सूचीमा राखेर इन्टरपोलद्वारा रेड नोटिस पनि जारी गरिएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका