जोडिनुहोस
  • होमपेज
  • झापामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

झापामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

हात्तीको आक्रमणबाट झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको ज्यान गएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उहाँको घटनास्थलमै ज्यान गएको जानकारी दिनुभयो ।

झापामा केही वर्षयता जङ्गली हात्तीको आक्रमणबाट जङ्गल आसपासका बासिन्दाको ज्यान जाने गरेको छ । जङ्गलमा घाँस दाउरा लिन, च्याउ र निगुरो टिप्न तथा गाईवस्तु चराउन जाँदा हात्तीले मानिसमाथि आक्रमण गर्दै आएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका