काठमाडौं– गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक जारी छ ।
बैठक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा जारी रहेको छ । बैठकमा विपद्पछिको उद्धार, राहत र पुनः निर्माणको बारेमा छलफल हुने बताइएको छ । हालैको वर्षापछि सरकारले उद्धार र राहतमा प्रभावकारी काम गर्न नसको आरोप लागिरहेका बेला समितिको बैठक बसेको छ ।