जोडिनुहोस
  • होमपेज
  • दसैँमा माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै

दसैँमा माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै

मकवानपुरका गाउँ-गाउँमा दसैँ आएपछि माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै गएको छ।

एकदशक अघिसम्म मकवानपुरको गाउँ-गाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो। तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको प्रयोग गर्न थालिएको छ।

दसैँको घटस्थापना सुरु भएदेखि कुनै पहराभित्रको कमेरोले घर रंग्याउने भन्ने चिन्ता हुन्थ्यो। सबैभन्दा राम्रो रातोमाटो कुन ठाउँमा पाइन्छ भनेर खोजेर ल्याएर रंग्याउने गरिएको भएपनि अहिले भने त्यो चलन हराउँदै गएको मकवानपुरगढी- ५ का वृद्धा उसाकला सापकोटा बताउँछिन।

‘कहाँ माटो, कहाँ कमेरो खोज्ने अनि लगाउने मान्छे नै छैनन्। घरको अनि हाम्रो उमेर बढ्दै गएपछि एक–अर्कालाई हेरेर बसेका छौँ’, घरअघि थुचुक्क बसेकी गौरी पुरानो घर नियान्दै उनी भन्छिन्, ‘उहिलेको दसैँ त घर लिपपोत थालेको दिनबाटै सुरु हुन्थ्यो। अबको दसैँ त छोराछोरी आउँलान् अनि लाग्ने त होला।’

मकवानपुरको गाउँको आकार, स्वरुप अनि रंग फेरिएको यो कथा मकवानपुरको मात्रै होइन। हरेकजसो जिल्लाका अधिकांश गाउँमा पछिल्ला केही वर्षयता घरको मौलिक सुन्दरता संकटान्मुख छ।

यसरी घरको रंगमा मात्रै होइन, बनोटमा समेत फरक आइरहेको छ। मकवानपुरका गाउँमै पनि माटो–गारोले बनेका मौलिक घरको सट्टा अब पक्की घर बनाउन थालिएको छ। जसमा सिमेन्टको प्रयोग हुने भएकाले पनि माटो–कमेरोले लिपपोत गर्ने चलन कम हुँदै गएको हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका