जोडिनुहोस
  • होमपेज
  • स्थानीयले अवरोध गर्दा मेलम्चीको पानी काठमाडौँ आएन : खानेपानीमन्त्री

स्थानीयले अवरोध गर्दा मेलम्चीको पानी काठमाडौँ आएन : खानेपानीमन्त्री

खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् ।

मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को समयमा मेलम्ची पनि स्थानीयहरुको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताए ।

उनले मेलम्चीका स्थानीयहरुको चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताए । मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको जानकारी दिए ।

मुलुकमा असहज परिस्थिति रहेको भन्दै मन्त्री यादवले अहिलेलाई मुलुकको परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गरे । मन्त्री यादवले वार्ता सहमतिको नजिकमा रहेको भन्दै मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिने आशा रहेको बताए ।

उनले अहिले आन्दोलन गर्ने बेला नभई एक अर्कालाई सहयोग गर्ने समय रहेको बताए । उनले बाढी पहिरोले खानेपानीमा मात्रै करिव साढे ३ अर्बको क्षति पु¥याएको बताए ।

उनले काठमाडौं उपत्यकाका खानेपानी संरचनामँ पनि धेरै क्षति गरेको बताए । महांकाल मैदानमा भएका मेसिनरी वस्तुहरुमा क्षति भएको, कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको बताए ।

उनले विपद् व्यवस्थापनबाट खानेपानी पुनःनिर्माणको काम गर्ने तयारी गरेको बताए । उनले केही समयपछि क्षति भएका संरचनाहरु पुनर्निर्माण गर्ने बताए ।

उनले सरकारले तत्कालको लागि काठमाडौं उपत्यका खानेपानीमार्फत चल्ने मेसिन मर्मत गर्ने,नयाँ मसिन खरिद गरी काम गर्ने बताए ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी दशैँअघि ल्याउने तयारी गरिरहेको बताए । उनले मौसम विभागसँगको सल्लाहमा मेलम्चीको खानी खोल्ने सरकारको तयारी रहेको बताए ।

मेलम्चीको पानीबारे मन्त्री यादवको धारणा 

‘बाढी पहिरोले खानेपानीमा मात्रै करिब साढे ३ अर्बको क्षति पु¥याएको छ । अझै डाटा संकलन गर्ने काम गरिरहेका छौं । काठमाडौं उपत्यका खानेपानीमा पनि धेरै क्षति गरेको छ । महाकाल चौउरमा भएका मेसिनरी वस्तुहरुसबै क्षति भएको अवस्था थियो । कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको अवस्था छ । नख्खुको सबै पम्प हाउस सबै बगाएको थियो । पनौतीमा खानेपानीका दुई किलोमिटर पाइप बगाएको छ । महोतरीमा पनि क्षति भएको छ । पहाडी जिल्लामा पनि क्षति भएको छ । अहिलेको संरचनाले काम गर्न सक्ने अवस्था छैन । विपद् व्यवस्थापनबाट काम गर्ने तयारी गरेका छौ । केही समयपछि क्षति भएका संरचनाहरु पुननिर्माण हुन्छन् । सरकारले तत्कालको लागि काठमाडौं उपत्यका खानेपानीले पनि धेरै मेसिन खरिद गरेको छ । मर्मत गरेर चल्ने मेसिनहरुलाई चलाउने प्रयास पनि गरिरहेका छौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने विषयमा हामी गम्भिर छौँ । वर्षातको समयमा रोक्ने गरिन्छ । ४ महिना बन्द गरेर बाँकी ८ महिना खुला हुन्छ । विगतमा हेलचेक्राँई भएको थियो । यो वर्ष त्यस्तो हुँदैन । यो वर्ष मेलम्चीको पानी दशैँअघि काठमाडौंवासीलाई खुवाउने लक्ष्य छ । वर्षातको असरका विषयमा मौसम विभागको सल्लाहअनुसार खोल्छौं । मौसम हेरेर सकेसम्म दशैं अघि खोल्ने लक्ष्य छ । तर स्थानीय बासीको अवरोध पनि छ । चार किसिमको अवरोध छ । बाढी पहिरोको क्षति,स्थानीय गाउँपालिकाको भवन बनाउनु पर्ने,सिएमसी ठेकदारले स्थानीय व्यापारीको पैसा भागेकाले पैसा दिनुपर्ने र सडक बनाउनुपर्ने माग छ । स्थानीयहरुसँग वार्ता चलिरहेको छ । वार्ता सहमतिको नजिकमा छ । मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिनुहुन्छ भन्ने आशा छ । अहिले आन्दोलन गर्ने बेला होइन एक अर्कालाई सहयोग गर्ने बेला हो । सरकारलाई सहयोग गर्न अनुरोध गरेको छु । वार्ताबाट सहज रुपमा पानी खोल्ने विषयमा सहमति भयो भने भयो नभए मेलम्चीका स्थानीयहरको घरमा नै जान्छु ।’

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका