जोडिनुहोस
  • होमपेज
  • दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ

दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ

दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् । काठमाण्डौको नयाँ बसपार्क, बल्खु, कलङ्की, कोटेश्वरलगायतका ठाउँबाट आज १४ जना पक्राउ परेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले  जानकारी दिनुभएको छ । पक्राउ परेकामध्ये केहीले तोकिएको भन्दा धेरै भाडा लिएका, केहीले नक्कली टिकट बेचेका रहेका उहाँको भनाइ छ । दशैँको समय र खराब सडकलाई कारण देखाएर दोब्बरसम्म भाडा भइरहेको पाइएको पनि ट्राफिक प्रहरीले जनाएको । दशैँको बेला टिकटमा कालोबजारी भएमा नजिकैको प्रहरी वा १०३ नम्बरमा ट्राफिक प्रहरीलाई खबर गर्न प्रहरी नायब निरीक्षक रविन कार्कीले आग्रह गर्नुभएको छ

प्रचलन खबर

धेरै टिप्पणी गरिएका