जोडिनुहोस
  • होमपेज
  • जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षकमा नियुक्त

जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षकमा नियुक्त

सनथ जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षक नियुक्त भएका छन् । श्रीलंका क्रिकेट बोर्डले जयसूर्यालाई २०२६ को क्रिकेट विश्वकपसम्मका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यस अघि गत जुलाईदेखि जयसूर्या अस्थायी रुपमा श्रीलंकाको प्रशिक्षकको रुपमा रहेका छन् । उनको नेतृत्वमा श्रीलंकाले पछिल्लो समयमा भारत, इङल्याण्ड र न्यूजील्याण्डविरुद्धको सिरिज खेलेको थियो । अब जयसूर्याले पूर्ण रुपमा प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि श्रीलंकाले घरेलु मैदानमै वेस्ट इन्डिजविरुद्ध सिरिज खेल्दै छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका