जोडिनुहोस
बुधबार, अशोज २३, २०८१
बुधबार, अशोज २३, २०८१
  • होमपेज
  • बाढी पहिरोबाट प्रभावित परिवारका लागि भारतद्वारा राहत सामग्री हस्तान्तरण

बाढी पहिरोबाट प्रभावित परिवारका लागि भारतद्वारा राहत सामग्री हस्तान्तरण

काठमाडौं। बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारको तर्फबाट द्वितीय सचिव श्री नारायण सिंहले राहत सामग्री सहयोग गरेका छन् । राहत सामाग्रीको दोस्रो खेप भारत सरकारका तर्फबाट द्वितीय सचिव सिंहले सोमबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी श्री दत्तराज हमाललाई हस्तान्तरण गरेका हुन् ।

अत्यावश्यक सरसफाई सामाग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटर सहितको २१.५ टनको उक्त मानवीय सहायताको खेप भारतबाट आज नेपालगन्ज ल्याइएको हो ।

हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशपछि नेपाल सरकारलाई साथ एवम् सबै खाले सहयोग प्रदान गर्न भारत सरकार तत्पर छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका