जोडिनुहोस
  • होमपेज
  • जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल

जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल

जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलोगरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन्। हुनु जलवायु परिवर्तनको असरको रुपमा लिन सकिने प्रतिक्रिया दिए। यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ। यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनको जोड छ ।

उनले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यन्वयन गर्न आवश्यक भएको बताए।

‘जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथामिकता दिन अपरिहार्य भएको छ,’ ‘इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ प्रतिवेदन उद्धरण गर्दै उनले भने।

मौसमविद् विष्णु घिमिरे पनि मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन्। जलवायु परिवर्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उनको बुझाई छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका