जोडिनुहोस
  • होमपेज
  • रुसमा मोदीलाई ‘सर्वोच्च नागरिक सम्मान’

अन्तर्राष्ट्रिय

रुसमा मोदीलाई ‘सर्वोच्च नागरिक सम्मान’

रुसमा मोदीलाई ‘सर्वोच्च नागरिक सम्मान’

काठमाडौँ– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री मोदीलाई रुसको सर्वोच्च नागरिक सम्मान अर्पण गरेका छन् । रुसमा यो सबैभन्दा ठूलो सम्मान हो । मोदीलाई ‘अर्डर अफ सेन्ट एन्ड्रयु द एपोस्टल’ को अवार्ड दिइएको हो ।

योसँगै रुस मोदीलाई उच्च सम्मान दिने १४औँ राष्ट्र बनेको छ । यसअघि मोदीले भुटान, ग्रीस, फ्रान्स, इजिप्ट, पपुवा न्यूगिनी, फिजी, अमेरिका, बहराइन, यूएई, माल्दिभ्स, प्यालेस्टाइन, अफगानिस्तान र साउदी अरेबियाबाट उच्च सम्मान पाएका थिए ।सोमबार रुस पुगेका मोदीले राष्ट्रपति पुटिनसँगै शिखर वार्तामा सहभागिता जनाए छन् ।

सो क्रममा पुटिनले मोदीलाई युक्रेन संकट समस्याको समाधान निकाल्ने कोसिस गरेकोप्रति आभार प्रकट गरे । शिखर वार्ताका क्रममा मोदीले पछिल्लो ४०–५० वर्षदेखि भारतले आतंकवादको सामना गरेको बताउँदै आतंकवादी हमलाको पीडा आफूलाई थाहा भएको बताउँदै त्यस्तो आतंकवादको कडा निन्दा गर्ने बताए ।

मोदीले विश्व शान्तिका लागि पुटिन लाग्नु खुशीको कुरा भएको उल्लेख गर्दै भारत विश्वमा शान्ति बहालीका लागि सहयोग गर्न तयार रहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics