जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • ३ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ४ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ६ मिनेटutes अगाडि
  • होमपेज
  • एमसिएद्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

एमसिएद्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

दमौली । नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति ९एमसिए नेपाल० द्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । उक्त आयोजनाअन्तर्गत रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटवल सबस्टेसन खण्डमा पर्ने तनहुँका विभिन्न स्थानीय तहका जग्गा अधिग्रहणका लागि प्रक्रिया सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १२ गते विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको सूचना जारी गरेको छ । आँबुखैरेनी, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिका तथा व्यास नगरपालिकाअन्तर्गत पर्ने जग्गा तथा घरगोठ, टहरा, कटेरा तथा रूख बिरुवासमेत स्थायी रुपमा अधिग्रहण गर्ने गरी जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन तथा जग्गाको स्वामित्वमा फरक पर्न गएको भएमा सोसमेतको दाबीका लागि २१ दिने सूचना प्रकाशित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिए ।

उक्त ऐनको दफा १० अनुसार सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा कुनै घर, टहरा, रूखबिरुवा बालीनालीलगायत अन्य संरचना भए सोसमेतको मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न हकदैया वा भोगचलनसम्बन्धी निस्सा प्रमाणसहित रितपूर्वकको निवेदन कार्यालयमा दिन आग्रह गरिएको उनले बताए ।

साथै जग्गा प्राप्त गर्नु नपर्ने कुनै मनासिव कारण भए त्यसको कारण खुलाएर ऐनको दफा ११ बमोजिम सूचना प्रकाशित भएको मितिले बाटाको म्यादबाहेक सात दिनभित्र कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी गर्न सकिने सहायक प्रजिअ गैरेले जानकारी दिए । “प्रसारण लाइन निर्माणका लागि आँबुखैरेनी गाउँपालिका–४ को पुरेवेशीबाट उत्तर, लोर्याङबाट दक्षिण, सिउरेनीबाट उत्तर, वडा नं ४ कै काफलडाँडाबाट उत्तर, वडा नं ५ को लाब्दीबाट दक्षिण, वडा नं ५ कै बगाई नजिक, वडा नं ६ को डाँडागाउँबाट उत्तर, सिरानुखोलाबाट दक्षिण, घोरेगाउँवेशीबाट उत्तर, ज्यामिरे र छापस्वाराबाट दक्षिण, जलभञ्ज्याङ नजिकैको जग्गा अधिग्रहण गरिनेछ”, उनले भने ।

त्यस्तै, बन्दीपुर गाउँपालिका–६ को बनगिया नजिक, कल्लेरीबाट उत्तर, गाम्पाबाट दक्षिण, बासपानीबाट उत्तर, वडा नं ३ को माथिल्लो हलथुम्का नजिकै कुकुर्दीबाट दक्षिण, वडा नं २ को बेलकुनाबाट दक्षिण, धितालडाँडाबाट उत्तर, व्यास नगरपालिका–१४ को आफ्रेडाँडाबाट उत्तर, ठूडेगैराबाट दक्षिण, वडा नं १३ को बेलभञ्ज्याङ, डाँडाचोकबाट दक्षिण, चारघरेबाट उत्तर, थामेडाँडा नजिकै, लामेटारीबाट दक्षिण, बेलचौताराबाट उत्तर, भड्खालाबाट दक्षिणतर्फको जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

ऋषिङ गाउँपालिकाको वडा नं १ को डाँडाखुदी नजिकै बाँझोबाट उत्तर, अङ्गेरीथुम्का नजिकै तल्लो सेटाङबाट उत्तर, वडा नं ६ को धरमपानीबाट उत्तर, ज्यामिरेखानबाट दक्षिण, वडा नं ७ को देउरीपानीबाट उत्तर, वडा नं ७ को बारी लिकन्दीबाट दक्षिण, वडा नं ८ को नयाँ ऋषिङबाट उत्तर, झिरुवासबाट दक्षिण धारुङबाट उत्तर, वडा नं ८ कै धरुम भञ्ज्याङबाट दक्षिणको जग्गा अधिग्रहण गरिनेछ ।

घिरिङ गाउँपालिकाको वडा नं ८ को मोचाबारीबाट दक्षिण गोर्दी र मचाबारीबाट उत्तर, वडा नं ५ को धाकर्दीबाट दक्षिण, बेलभञ्ज्याङबाट पूर्व साभुङ र मानपुरबाट दक्षिण, वडा नं ३ को खिलाबाट दक्षिण, पोखरीछाप र डाँडाथोकबाट दक्षिण, गैराथोक नजिकै, नेवार हटिया नजिकै, सिलिङचोकबाट दक्षिण, वडा नं २ को फलादीबाट दक्षिण, देउरालीबाट उत्तर, दुमकोटबाट उत्तर, वडा नं १ को चङमराङबाट उत्तरतर्फको जग्गा अधिग्रहण गरिनेछ ।

आयोजनामार्फत रातमाटेदेखि नयाँ दमौली र नयाँ बुटवलदेखि नयाँ दमौलीसम्म प्रसारण लाइन निर्माण हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्