जोडिनुहोस
  • होमपेज
  • बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वतः वरिष्ठ नेता हुने भएका छन् ।

निर्वाचन कार्यविधिमा वरिष्ठ नेताको निर्वाचनबारे उल्लेख छैन ।

निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले वरिष्ठ नेतामा चुनाव नहुने बताए ।

केही समयअघि बालेनलाई पार्टीमा समाहित गर्ने बेला रास्वपाले विधान संशोधन गरी पार्टीको विधानमा वरिष्ठ नेताको प्रावधान थप गरेको थियो । उक्त पद विधानमा बालेनको व्यवस्थापनका लागि भनेर सृजना गरिएको थियो। संशोधित गरिएको विधान यही महाधिवेशनले पारित गर्नेछ ।

गुरुङका अनुसार स्वतः वरिष्ठ नेता हुने भएकाले बालेन्द्रले केन्द्रीय सदस्यमा पनि चुनावी प्रतिस्पर्धा गर्नु नपर्ने बताए ।

रास्वपाले केन्द्रीय सदस्यहरूको चयन निर्वाचनबाट गर्ने तयारी गरेको छ ।

निर्वाचित केन्द्रीय सदस्यहरुबीच निर्वाचन गराएर पदाधिकारीको चयन हुनेछ ।

१ सय ५८ सदस्यीय रास्वपा केन्द्रीय समितिमा पदाधिकारको संख्या १९ रहने व्यवस्था संशोधित विधानमा छ ।