Breaking News
राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल वीर अस्पतालमा उपचाररत नेपालीलाई थप तथा विशिष्टीकृत उपचारका लागि तत्काल भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी गरिएको छ।
बिरामीको स्वास्थ्य अवस्था बुझ्न तथा उपचार प्रक्रियालाई प्रभावकारी बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू गएराति वीर अस्पताल पुगेका थिए। उनीहरूले चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य अवस्था र उपचारको प्रगतिबारे जानकारी लिएका थिए।
चिकित्सकहरूसँगको परामर्श तथा बिरामीको गम्भीर अवस्थालाई ध्यानमा राख्दै उपचारका लागि तत्काल भारत लैजान आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी शीघ्र पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको सचिवालयले जनाएको छ।



















