जोडिनुहोस
  • होमपेज
  • चीन-ताइवान तनाव: ताइवानलाई घेरेर चीनले सुरु गर्‍यो संयुक्त सैन्य अभ्यास

चीन-ताइवान तनाव: ताइवानलाई घेरेर चीनले सुरु गर्‍यो संयुक्त सैन्य अभ्यास

ताइवानका राष्ट्रपति विलियम लाइले गत साता चीनको नियन्त्रण नस्वीकार्ने भाषण गरेका थिए। बेइजिङले ‘स्वर्ड-२०२४ बी’ दिएको यो अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् ।उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ।

ग्लोबल टाइम्सका अनुसार सोमबार, पिपुल्स लिबरेसन आर्मी (पीएलए) पूर्वी थिएटर कमान्डले ताइवान स्ट्रेट र उत्तर, दक्षिणका क्षेत्रहरूमा सेना, नौसेना, वायुसेना र रकेट फोर्सका आफ्ना सेनाहरू पठाइरहेको उल्लेख छ। ‘यस अभ्यासले पृथकतावादी कार्यहरूका लागि कडा चेतावनीको रूपमा काम गर्दछ,’ पीएलए पूर्वी थिएटर कमान्डका प्रवक्ता वरिष्ठ क्याप्टेन ली सीले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा छ।

पृथकतावादी कार्यहरूलाई कडा चेतावनी दिन र राज्यको सार्वभौमसत्ता र राष्ट्रिय एकताको रक्षाका लागि यो वैध र आवश्यक कार्य भएको प्रवक्ताले बताएको ग्लोबल टाइम्सले लेखेको छ।

ताइवानले २५ विमान, सात नौसैनिक जहाज र चार अन्य जहाज अभ्यासमा रहेको पाएको बताएको छ।

चीनले यसअघि पनि ताइवानको वरिपरि ठूलो युद्ध अभ्यास गरेको थियो। चीनले उक्त टापु आफ्नो दाबी गर्दै आएको छ। चीनले ताइवान वरिपरिको सैन्य अभ्यासलाई स्वशासित टापुको लागि ‘स्वतन्त्रता’ खोज्नेहरू विरुद्ध ‘कडा चेतावनी’ भनेको छ।

चीनले ताइवानलाई छुट्टिएको प्रान्तको रूपमा हेर्छ, तर टापु आफैंलाई छुट्टै ठान्छ र यसको आफ्नै सरकार र सेना छ। गत मे २०मा पनि लाइकोले भाषण गरेलगत्तै, पीएलए पूर्वी थिएटर कमाण्डले ताइवान स्ट्रेट, ताइवान टापुको उत्तर, दक्षिण र पूर्व, साथै किनमेन, मात्सु, टापुहरू वरपरका क्षेत्रहरूमा संयुक्त अभ्यासहरू आयोजना गरेको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका