जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • दक्षिणी लेबनानबाट शान्ति सेना नहटाउने राष्ट्रसंघको अडान

दक्षिणी लेबनानबाट शान्ति सेना नहटाउने राष्ट्रसंघको अडान

काठमाडौं। संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानबाट शान्ति रक्षक सैनिक नहटाउने बताएको छ।

यूएन पिसकिपिङ अपरेशन्सका प्रमुख न्या पियरे लेक्रोइक्सले न्यूयोर्कमा पत्रकारहरुसँग कुरा गर्दै युनाइटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान (यूनीफिल)ले आफ्नो सैनिक नहटाउने बताएका हुन्।

यो निर्णयप्रति राष्ट्रसंघ सुरक्षा परिषद् र मिसनमा आर्थिक सहयोग गर्ने देशहरुको समर्थन रहेको उनले बताए। जबकी इजयरालले शान्ति रक्षक सैनिक हटाउन राष्ट्रसंघलाई आग्रह गर्दै आएको छ। राष्ट्रसंघ, सीमा क्षेत्रमा सुरुङ बनाउन र रकेट तथा मिसाइल जस्ता हतियार राख्ने काममा हेन्बुल्लाहलाई रोक्न असफल भएको इजरायलको आरोप छ।

आइतबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सैनिक हटाउन कडा चेतावनी दिएका थिए भने सोमबार आधार शिविरमा जबरजस्ती प्रवेश गरेको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका