जोडिनुहोस
  • होमपेज
  • उत्तर कोरियाद्वारा दक्षिण कोरियाको सीमामा रहेका सडक र रेलमार्गमा हमला

उत्तर कोरियाद्वारा दक्षिण कोरियाको सीमामा रहेका सडक र रेलमार्गमा हमला

काठमाडौं। उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिएको अन्तर–कोरियाली मार्गअन्तर्गत आफ्नोतर्फ रहेको सडक र रेलमार्गका केही भाग विस्फोट गराएको छ ।

दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफले आज विज्ञप्ति जारी गर्दै उत्तर कोरियाले दक्षिणसँग जोडिएको आफ्नो भागको सडक र रेल मार्ग विस्फोट गरेको हो ।
प्योङयाङले गत हप्ता दक्षिणसँग जोडिएको अन्तर–कोरियाली सडक र रेलमार्ग पूर्ण रूपमा काट्ने र आफ्नो सीमावर्ती क्षेत्रलाई थप सुदृढ गर्ने घोषणा गरेको थियो । दक्षिण कोरियाली सेनाले उत्तरले सीमा क्षेत्रमा गरिरहेको गतिविधिलाई नजिकबाट निहालिरहेको बताएको छ ।

दक्षिण कोरियाली सेनाले उपलब्ध गराएको भिडियोमा अन्तर–कोरियाली सीमामा सडकहरूमा विस्फोट भएको देखाइएको छ । त्यस्तै, उत्तर कोरियाली सेना र ट्रकहरू विस्फोटन भइरहेको क्षेत्रमा परिचालन गरेको समेत देखाइएको छ ।

प्रत्युत्तरमा, दक्षिण कोरियाली सेनाले सीमाङ्कन रेखामा गोली चलाएको रोयटर्सले जनाएको छ । यद्यपि राजधानी सिओलको सिमामा कुनै क्षति पुगेको छैन । केही दिनअघि दक्षिण कोरियाले उत्तर कोरियाको राजधानी प्याङयोङको आकाशमा ड्रोन उडाएको थियो । त्यसलगत्तै उत्तर कोरियाले आफ्नो देशको सम्प्रभुतामाथि आँच आउने कुनै पनि गतिविधि भए सैन्य कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका