जोडिनुहोस
  • होमपेज
  • दुर्घटनामा परेर फुटबल खेलाडी निशानको मृत्यु

दुर्घटनामा परेर फुटबल खेलाडी निशानको मृत्यु

काठमाडौं। कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको मृत्यु भएको छ। कपिलवस्तुको बाणगङ्गा ६ का न्यौपानेको सोमबार राति स्कुटर दुर्घटनामा मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट बनकसियातर्फ जाँदै गरेका न्यौपाने दुर्घटनामा परेका थिए।

स्कुटर अनियन्त्रित भई सडक किनारमा रहेको बिजुली पोलमा बज्रेको थियो। न्यौपाने गम्भीर घाइते भएका थिए। न्यौपानेको उपचारको क्रममा मङ्गलबार बिहान साढे ५ बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

उनी कपिलवस्तुमा सञ्चालित राष्ट्रिय मेला अवलोकन गरेर घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए। लामो समय एन्फा एकेडेमीबाट उनी कप्तान भएका थिए। उनले नेपालमा हुने ए डिभिजन लिगहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options