जोडिनुहोस
  • होमपेज
  • गाजामा इजरायली आक्रमणमा २६ प्यालेस्टाइनीको मृत्यु

गाजामा इजरायली आक्रमणमा २६ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूकाअनुसार गाजापट्टीमा इजरायली आक्रमणमा मंगलबार २६ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

जबलिया शरणार्थी शिविरको अल–फलुजा क्षेत्र नजिकै इजरायली गोलाबारीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको र दक्षिणी गाजाको खान युनिस सहरको पूर्वमा रहेको एक बसोबास घरलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा १० जना मारिएका छन् ।

उनीहरूले मध्य गाजाको नुसेरात शिविरमा रहेको घरमा इजरायली बमबारीमा मारिएका थप पाँचजनालाई अल–अक्सा अस्पतालमा सारिएको उल्लेख गरेका छन् । प्यालेस्टिनी सुरक्षा स्रोतहरूकाअनुसार इजरायली ट्यांकहरूले जबलिया शरणार्थी शिविरलाई लगातार ११औँ दिनसम्म घेराबन्दी गर्न जारी राखेका छन् । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४२ हजार ३४४ पुगेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रचलन खबर

धेरै टिप्पणी गरिएका