जोडिनुहोस
  • होमपेज
  • सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा : युनिसेफ

सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा : युनिसेफ

खार्तुम (सुडान) । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरू हैजाको जोखिममा रहेको जनाएको छ ।

युनिसेफले पाँच वर्षमुनिका ६ लाख बालबालिकासहित करिब ३० लाख मानिसहरू हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्समार्फत जनाएको हो । युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ ।

द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पतालहरू बन्द रहेको तथा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई महिनौँदेखि तलब भुक्तानी नगरिएको युनिसेफले जनाएको छ ।

आन्तरिक द्वन्द्व सुरु भएदेखि हैजा, मलेरिया र डेंगी ज्वरोजस्ता महामारी रोगहरू फैलिँदा सयौँको मृत्यु भएको छ ।

सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो । रासस/सिन्ह्वा

प्रचलन खबर

धेरै टिप्पणी गरिएका