जोडिनुहोस
  • होमपेज
  • रातारात जन्मेको पार्टीबाट देश र जनताको हित सम्भव हुँदैन : विप्लव

रातारात जन्मेको पार्टीबाट देश र जनताको हित सम्भव हुँदैन : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रातारात जन्मेको कुनै पनि पार्टीबाट देश र जनताको हित सम्भव नहुने बताएका छन् ।

शनिबार चितवनमा आयोजित कार्यक्रममा विप्लवले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई भुलभुलैयामा पार्न खोजे पनि सम्भव नभएको बताए ।

“केही मान्छेले भ्रम छोडेका छन् । संस्कृतिको नाममा, गुटको नाममा, च्याउजस्ता उम्रेका पार्टीले रातारात खडा गरेका मान्छेलाई देशलाई भुलभुलैयामा पार्न खोजेका छन् । कदापि सम्भव छैन,” उनले भने । उनले देशमा आफूहरूले एकपटक जनताको सेवा गर्न पाउनुपर्ने पनि बताए । माओवादीबाट अलग भएका दलहरूले एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई एकताबद्ध भएर देश र जनताको सेवाका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

“आजको दिनमा हामीले बुझ्ने कुरा के हो भने माओवादी एकले अर्कोलाई आक्षेप लगाउने र हेप्ने कुरा होइन । यो एकताबद्ध हुन्छ । यो एकताबद्ध भयो भने २०६४ साल जन्मिन्छ । हामीले राम्रोसँग बुझ्नुपर्दछ । २०६४ साल होइन, २०५२ साल भन्नुभएन । २०५२ साल त अहिले नभनौँ । तर २०६४ साल जन्मिन्छ नेपालमा । तर, उस्तै प्रकारले होइन । उस्तै इतिहास दोहोरिँदैन । इतिहास एउटा चर्कोबाट गुज्रिन्छ । इतिहास आउँछ, फर्केर आउँछ,” उनले भने ।

यो देशमा एकचोटी हामीले जनताको सेवा गर्न पाउनुपर्दछ । हामीले भनेका छौं । नेपाली जनताको सेवा गरेर हामी देखाउन चाहन्छौं । यहाँ अरु कसैले पनि गर्न सक्दैन । हाम्रो दावी छ । त्यसकारण यहाँ कुरा के छ भने एकचोटी एकतावद्ध हुने हो । एकतावद्ध भएर अगाडि जाने हो । हामीलाई कुनै मोजमस्ती चाहिएको छैन । हामीलाई कुनै स्वार्थ चाहिएको छैन । हामीलाई कुर्सी मात्रै चाहिएको छैन । त्यो कुर्सी हामीलाई व्यक्तिगत जीवनको लागि चाहिएको छैन ।’

सबै माओवादी पार्टीबाट अलग भएकाहरु एकतावद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणाम हात पार्नसक्ने दाबी गर्नुभएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका